मानिसलाई चुट्कीको भरमा नाम र दाम दुबै कमाउन सम्भव तुल्याइदिएको छ सोसल मिडियाले । दुनियामा यस्ता धेरै व्यक्ति तथा सेलिब्रेटीहरु छन् जोे सोसल मिडियाबाटै चर्चा कमाउँदा आजको अवस्थासम्म आइपुगेका हुन् । सोसल मिडियाबाटै लोकपि्रयताको शिखर चुमेका ६ मान्छे यी हुन्ः
सुपरवुमेनः भारतीय मूलकी लिली सिंह अर्थात् सुपरवुमेन हाल क्यानडाको टोरन्टोमा बस्छिन् । यिनले सन् २०१० मा एक युट्युब च्यानल सुरु गरेकी हुन् जसमा ८५ लाख सब्स्क्राइबर पुगिसकेका छन् । उनी युट्युबबाट सबैभनदा धेरै पैसा कमाउने मध्ये एक पर्छिन् । उनले युट्युब च्यानलमा थुप्रै टक शो चलाउँछिन् ।
मुराड इसम्यानः यी रुसी फोटोग्राफर इन्स्टाग्राममा फलो मी शीर्षकको आफ्नो फोटो सिरिजका कारण चर्चित छन् । नियले आफ्नै गर्लफ्रेण्डसँग सुन्दर तथा अर्थपूर्ण तस्वीरहरु खिचेर इन्स्टाग्राममा अपलोड गर्दछन् । यिनको इन्स्टाग्राममा ४२ लाख सब्सक्राइबर पुगिसकेका छन् ।
जस्टिन बाइबरः चर्चित पप गायक बाइबरले यु ट्युबबाटै आफ्नो करिअर थालेका थिए भन्दा पत्यार नलाग्न सक्छ । तर सुरुमा उनले आफ्नी आमाको सहयोगमा आफुले गाएका गितहरु यु ट्युबमा आफै अपलोड गर्ने गर्दथे । उनको प्रतिभालाई कदर गर्दै संगीतकारले उनलाई व्यवसायिक रुपमा गित गाउने अवसर दिए । सन् २००९ मा उनले आफ्नो पहिलो एलबम माइ वल्र्ड निकालेपछि उनले पछाडि फर्किनुपरेको छैन
source : http://www.onlinekhabar.com
Post a Comment